पुनःनिर्माणले चट्ट मध्यपुर थिमी (भिडियो सामग्री)


भत्तपुर जिल्लाको मध्यपुर थिमीमा अहिले सम्पदा पुनःनिर्माण लगभग पूरा भएको छ । आकर्षक, कलात्मक, पुरानै शैलीले मध्यपुर थिमीका पाटी पौवा, मठमन्दिर लगायतका ऐतिहासिक सम्पदा लगभग पूरा हुँदै छन् । केही पूरा भएर चट्ट आकर्षक मनै लोभाउने खालका देखिन्छन् । अहिले मठमन्दिर मात्रै होइन, सार्वजनिक सम्पदाको संरक्षण गरेर फोहोर फाल्ने डंगुर ठाउँहरु अहिले आनन्द लिने पार्क बनेका छन् । कसरी यो सम्भव भयो त ? यसका लागि कार्यक्रम टक अफ द टाउनले मध्यपुर थिमीका प्रमुख मदनसुन्दर श्रेष्ठसँग स्थलगत अवलोकन गरेर सामग्री तयार गरेको छ । कसरी सम्भव भयो ? अरु नगरपालिकाले कसरी अनुशरण गर्न सक्छन् ? विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कसरी काम गरिरहेको छ ? यो स्थलगत सामग्रीमा हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया