पुटिनलाई मनाउन ट्रम्प असफल, युद्धविराम अन्योलमा

काठमाडौं, जेठ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको फोन वार्ताबाट युक्रेन–रूस युद्धविरामको प्रयास सफल हुन सकेन।

दुई घण्टासम्म चलेको कुराकानीमा ट्रम्पले युद्ध रोक्न दबाब दिने भन्दा वार्ता प्रक्रियालाई समर्थन मात्र गरे। युरोपेली नेताहरूले ट्रम्पलाई युद्धविरामको पक्षमा उभ्याउने प्रयास गरे पनि परिणाम देखिएन।

रूसले युद्धविरामको सट्टा युक्रेनसँग टर्कीमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको छ। तर पुटिन स्वयं वार्तामा नजाँदा प्रक्रिया अलपत्र परेको छ।

तपाईको प्रतिक्रिया