पाकिस्तानमा भारतीय ड्रोन आक्रमण, एकको ज्यान गयो, चार सैनिक घाइते

भारतले बिहीबार पाकिस्तानका विभिन्न स्थानमा गरेको ड्रोन आक्रमणमा एक पाकिस्तानी नागरिकको ज्यान गएको छ भने चार सैनिक घाइते भएका छन्।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले मियानो क्षेत्रमा भएको आक्रमणमा एक जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका हुन्। साथै, लाहोरमा भएको अर्को ड्रोन आक्रमणमा चार पाकिस्तानी सैनिक घाइते भएको जानकारी दिएका छन्।

उनका अनुसार भारतले लाहोर, गुजरानवाला, चकवाल, रावलपिण्डी, मियानो, चोर र कराँचीमा ड्रोन आक्रमण गरेको दाबी पाकिस्तानले गरेको छ।

प्रवक्ता चौधरीले पाकिस्तानी सेनाले कम्तीमा १२ वटा भारतीय ड्रोन खसाल्न सफल भएको दाबी पनि गरेका छन्।

यी घटनाहरू भारतले बुधबार गरेको हवाई आक्रमणपछि दुवै देशबीच बढ्दो सैन्य तनावको पृष्ठभूमिमा भएका हुन्।

तपाईको प्रतिक्रिया