पाँच सयको नक्कली भारतीय नोटसहित एकजना भारतीय युवती पक्राउ

विराटनगर: विराटनगरमा एक भारतीय युवती नक्कली भारतीय नोटसहित पक्राउ परेकी छन्। विराटनगर महानगरपालिका-१३, भारत बिहार राज्यको अररिया जिल्लाकी १९ वर्षीय सिम्पी बैसन्ती मंगलबार साँझ पक्राउ परेकी हुन्।

बैसन्तीले विराटनगर-१३ स्थित एक किराना पसलमा सामान किन्ने क्रममा पाँच सय रुपैयाँको नक्कली भारतीय नोट दिएको भन्दै पसलेले शंका गरेपछि प्रहरीलाई सूचना दिएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी रानीको टोलीले उनलाई नियन्त्रणमा लिई चेकजाँच गरेको थियो।

प्रहरीको चेकजाँचका क्रममा बैसन्तीको साथबाट पाँच सय दरको ७ वटा नक्कली भारतीय नोट बरामद गरिएको थियो। नक्कली नोटसहित पक्राउ परेकी भारतीय युवतीलाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया