पर्सामा भारी मात्रामा लागुऔषध बरामद, ट्रमाडोलको ८१ हजार बढी ट्याब्लेट फेला

वीरगन्ज । सशस्त्र प्रहरी बलले पर्साको वीरगन्ज–छपकैया क्षेत्रस्थित भकुवा नाकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहको कमान्डमा खटिएको टोलीले मंगलबार बिहान भकुवा नाकाबाट लागुऔषध बरामद गरेको हो।

भारतबाट अवैध रूपमा दुई जना व्यक्तिले टाउकोमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ट्रमाडोल ५० एमजीका ८१ हजार ४९० वटा ट्याब्लेट फेला परेका छन्। प्रहरी देखेपछि उनीहरू लागुऔषध त्यत्तिकै छाडेर फरार भएका थिए।

बरामद गरिएको लागुऔषध आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया