न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका संरचना ललितपुर महानगरपालिकाले भत्कायो

काठमाडौं: ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको न्हु पोखरीको संरक्षणका लागि पोखरी अगाडिका संरचनाहरू भत्काएको छ। ललितपुरको ऐतिहासिक महत्व बोकेको न्हु पोखरीको संरक्षण गर्ने उद्देश्यले महानगरले लगनखेलस्थित ५ नं. वडा कार्यालय भवन र अन्य संरचनाहरू भत्काएको हो।

सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचनाहरू पनि महानगरको डोजरले भत्काइदिएको थियो। महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिँदै भने कि न्हु पोखरीलाई सर्वसाधारणले सजिलै देख्न सक्ने गरी पोखरी अगाडिका संरचनाहरू हटाइएका छन्। उनले थपे कि ललितपुर महानगरका अन्य ऐतिहासिक स्थानहरूलाई पनि सहजरूपमा देख्न सकिने गरी काम अघि बढाइनेछ।

त्यसैगरी, ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले जानकारी दिँदै २०८२ असार ३१ सम्म न्हु पोखरीको पुनर्निर्माण कार्य सम्पन्न गर्ने योजना बनाइएको बताए। पहिलो चरणमा उक्त क्षेत्रका १२ वटा टहरा भत्काइएको उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया