नेप्से ३.४४ अंकले घट्यो, ९ अर्ब २४ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारको परिसूचक नेप्से आइतबार (वैशाख २१) सत्र झिनो अंकले घटेर बन्द भएको छ। कारोबार अन्त्यमा नेप्से ३.४४ अंकले घट्दै २६२०.३९ विन्दुमा झरेको हो।

दिनभरको सेयर कारोबारमा कुल ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भयो। कारोबार भएका कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको मूल्यमा गिरावट आयो।

नेपाल माइक्रो इन्स्योरेन्स, क्रिस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ। विपरीत, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

कारोबारमा समावेश उद्योग समूहमध्ये पाँच समूहको परिसूचकमा सुधार आएको छ। ती समूहहरूमा वाणिज्य बैंक, विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन तथा निर्जीवन बीमा समूह रहेका छन्। बाँकी अन्य समूहहरूको परिसूचक भने घटेको छ।

तपाईको प्रतिक्रिया