नेप्से १.६६ अंकले घट्यो, बजारमा उत्साह कम

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार (मंसिर २५) सेयर बजारमा उत्साह कम देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर २६०७.३७ मा बन्द भएको छ। अघिल्लो दिन बुधबार नेप्से ७.८६ अंकले घटेको थियो।

मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको थियो। त्यसअघि आइतबार र सोमबार बजार घटेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ३ अर्ब ४९ करोड ७९ लाख ७५६ रुपैयाँमा खरिदबिक्री भएको छ। अघिल्लो दिन बुधबार कारोबार रकम ३ अर्ब ७३ करोड रुपैयाँ थियो।

यस दिन स्वस्तिक लघुवित्तको सेयर सकारात्मक सर्किट स्तरमा कारोबार हुँदा, एसवाइ प्यानल नेपालको मूल्य ९.९८ प्रतिशतले बढेको छ। तर मुक्तिनाथ कृषि कम्पनीको सेयर सबैभन्दा बढी घटेको छ, ८.४२ प्रतिशतले मूल्य तल गएको छ।

कारोबार रकमको आधारमा नगदी ग्रुप शीर्ष स्थानमा रहेको छ, जसको १८ करोड बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले १२ करोड, सागर डिस्टिलरीले ९ करोड, नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड र शिवम् सिमेन्टले ७ करोड मूल्य बराबरको सेयर कारोबार गरेका छन्।

बिहीबार ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्य स्थिर रह्यो। पाँच समूहको उपसूचक बढ्दा आठ समूहको उपसूचक घटेको छ। बैंकिङ, लाइफ इन्स्योरेन्स, मनु एण्ड प्रो, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएको छ।

तपाईको प्रतिक्रिया