नेप्से सूचक लगातार चौथो दिन घट्दा बजारमा निराशा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्ला चार कारोबार दिनदेखि लगातार घट्दै गएको छ। आज पनि नेप्से सूचक १३.९६ अंकले ओरालो लाग्दै २,६२०.२७ विन्दुमा झरेको छ।

आजको कारोबार अवधिमा ३१५ वटा कम्पनीका १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर एक लाख १२ हजार ५७७ पटक किनबेच भएका छन्। कुल कारोबार रकम आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार ५०५ रुपैयाँ पुगेको छ।

उपसमूहतर्फ विकास बैंक समूह १.१९ प्रतिशत र अन्य समूह २.४६ प्रतिशतले बढेका छन् भने बाँकी सबै उपसमूहहरूको सूचक ऋणात्मक देखिएको छ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा ९.९८ प्रतिशतको वृद्धि देखिएको छ, जुन आजको उच्च वृद्धि हो। अर्कोतर्फ, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सर्किट ब्रेकर लाग्ने गरी मूल्य घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ, जसको कुल कारोबार रकम ५९ करोड ३२ लाख ९५ हजार ८१६ रुपैयाँ पुगेको छ। कारोबार सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो, जसका १२ लाख ९४ हजार ४७१ कित्ता सेयर किनबेच भए।

तपाईको प्रतिक्रिया