नेप्से परिसूचक ८.५७ अंकले घट्यो, ७ अर्ब ६० करोडको कारोबार

काठमाडौं — साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८.५७ अंकले घट्दै २६७९.९८ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १.४६ अंकले घटेर ४५६.४६ विन्दुमा पुगेको छ।

दिनभरि ३१४ स्क्रिप्सको १ करोड ८५ लाख कित्ता सेयर कारोबार भई कुल कारोबार रकम ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर १०% ले बढ्दै सर्किट लेभलमा पुगेको एकमात्र कम्पनी हो।

सबैभन्दा धेरै गिरावट सिन्धु विकास बैंकको सेयरमा देखिएको छ, जसको मूल्य ८.२८% ले घट्यो।

राधी विद्युत सर्वाधिक ७१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो।

माइक्रोफाइनान्स समूहको उपसूचक २.३२% ले बढ्दा अन्य अधिकांश समूहका सूचकहरू घटेका छन्। बजारमा ९९ कम्पनीको मूल्य बढेको छ भने १४८ को घटेको छ।

तपाईको प्रतिक्रिया