नेप्से परिसूचक सामान्य गिरावट, कारोबार ७ अर्बभन्दा बढी

काठमाडौँ, वैशाख ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य गिरावटसँगै बन्द भएको छ।

आज नेप्से परिसूचक २.९५ अङ्कले घटेर २ हजार ८०४.१७ बिन्दुमा झरेको छ। यस दिन ३४२ कम्पनीका १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर १ लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँ पुगेको छ।

समूहगत कारोबारतर्फ बैंकिङ ०.१३, वित्त ०.५८, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५ र निर्जीवन बीमा ०.३८ प्रतिशतले वृद्धि भएको छ। तर अधिकांश अन्य समूह भने घटेका छन्।

घट्ने समूहहरूमा विकास बैंक ०.२७, होटल तथा पर्यटन २.३६, जलविद्युत् ०.०६, जीवन बीमा ०.२५, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.४०, व्यापार १.१० र अन्य समूह ०.०३ प्रतिशतले गिरावट आएको छ।

तपाईको प्रतिक्रिया