नेप्से परिसूचकमा सुधार, फेरि २७०० माथि पुग्यो

काठमाडौं, – साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेखनीय वृद्धि देखिएको छ। परिसूचक २३.९९ अंकले उक्लिँदै २७०७.८५ विन्दुमा पुगेको छ, जुन ०.८९ प्रतिशतको वृद्धि हो।

आजको कारोबारमा ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कूल २४८ कम्पनीका ३१६ स्क्रिपमध्ये १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर कारोबारमा आए।

सेयर मूल्यमा १९९ कम्पनीको वृद्धि भएको छ भने ४९ कम्पनीको मूल्य घटेको छ। कुनै कम्पनीको सेयर मूल्य स्थिर भने रहेन।

दैनिक मूल्य वृद्धिमा वरुण हाइड्रोपावर अगाडि रह्यो, जसको सेयर मूल्य ६.२१ प्रतिशतले बढ्यो। सञ्चकन्या माई हाइड्रोपावर र एनआईसी एशिया बैंकका सेयर मूल्य क्रमशः ४.२८ र ३.९३ प्रतिशतले बढेका छन्।

कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी पहिलो स्थानमा रह्यो, जसको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

गत दुई दिन बजार ओरालो लागे पनि त्यसअघिका सात दिनको निरन्तर वृद्धिपछि नेप्से फेरि सकारात्मक ट्रेन्डमा फर्किएको देखिएको छ।

तपाईको प्रतिक्रिया