नेप्सेमा ओरालो क्रम जारी, पाँच अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घट्दै ०.३३ अंकले घटेर २६००.२० विन्दुमा कायम भएको छ।

बुधबार कूल ३११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँ नाघेको छ।

यस दिन केही समूहका उपसूचकमा सामान्य वृद्धि देखिएको छ। विकास बैंक समूह ०.०२ प्रतिशत, होटल तथा पर्यटन १.४३ प्रतिशत, जलविद्युत् ०.६७ प्रतिशत, जीवन बीमा ०.०६ प्रतिशत, म्युचुअल फन्ड ०.०९ प्रतिशत र निर्जीवन बीमा समूह ०.१० प्रतिशतले बढेका छन्।

तर अन्य अधिकांश समूहमा गिरावट आएको छ। बैंकिङ समूह ०.०९, वित्त ०.४८, लगानी ०.४०, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त ०.२१, व्यापार १.०७ र अन्य समूह ०.२१ प्रतिशतले घटेका छन्।

कम्पनीगत आधारमा मोदी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९.५१ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावटमा परेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ६ लाख ५४ हजार २९० कित्ता शेयर किनबेच हुँदा ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

तपाईको प्रतिक्रिया