नेपाल भयाे दक्षिण एसियाको पहिलो ‘खुला दिसामुक्त राष्ट्र’

काठमाडौं- नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली राष्ट्र बनेको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो । सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको खानेपानी मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताए । खानेपानी मन्त्री बिना मगरले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खुसी व्यक्त गरिन् । सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।  खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।

तपाईको प्रतिक्रिया