नेपाली बजारमा सुनको मूल्यमा दुई हजारको गिरावट, चाँदी भने महँगियो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाला सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया