नेपालीको आय बढेर वार्षिक १५ सय १७ डलर पुगेको छ

काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक आय बढेर औसत १५ सय १७ अमेरिकी डलर पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान अनुसार यो जानकारी प्राप्त भएको हो।

गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १४ सय ६७ डलर थियो। एक वर्षको अवधिमा मात्र ५० डलरको वृद्धि भएको कार्यालयले जनाएको छ। अघिल्लो वर्ष यो आंकडा १४ सय १० डलर रहेको थियो।

तपाईको प्रतिक्रिया