नेपालले भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत निर्यात गर्न थालेको प्राधिकरणको जानकारी


काठमाडौं — खोलानाला तथा जलस्रोतमा पानीको बहाव बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ। प्राधिकरणका अनुसार गत शनिबारदेखि भारततर्फ विद्युत निर्यात औपचारिक रूपमा सुरु गरिएको हो।

प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारले हाल दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत भारत निर्यात भइरहेको जानकारी दिएका छन्। उनका अनुसार रातको समयमा देशभित्र विद्युत खपत कम हुने भएकाले त्यो अतिरिक्त विद्युत भारततर्फ पठाइएको हो।

विद्युत आपूर्तिको सन्तुलन कायम गर्न नेपालले आवश्यक परेको बेला भारतबाट आयात पनि गरिरहेको छ। प्राधिकरणका अनुसार भारतको इन्डियन एक्सचेञ्ज मार्केटबाट बिहान र दिउँसोको समयमा विद्युत खरिद भइरहेको छ।

यो विनियम प्रणालीबाट नेपालले आवश्यकताअनुसार आयात र निर्यात दुवै गर्नसक्ने लचिलो व्यवस्था विकास गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया