नेतृत्वमा सर्त राखेर सहमति सम्भव छैन : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वको विषयमा सर्त राखेर सहमति हुन नसक्ने स्पष्ट गर्नु भएको छ। कोटेश्वरस्थित एवान पार्टी प्यालेसमा आयोजित ‘सम्पादकसँग साक्षात्कार’ कार्यक्रममा उहाँले कुनै पनि पूर्वसर्त राखेर सहमति खोज्ने अभ्यास स्वीकार्य नहुने बताउनुभयो।

महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग धारणा राख्दै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले सहमति दवाब वा शर्तमा होइन, संवादमार्फत मात्र सम्भव हुने बताउनुभयो।

ओलीले भने, “कुराबाट पो सहमति हुन्छ। पूर्वसर्त राखेर सहमति हुन्छ? मलाई त केही भन्नुभएको पनि छैन। बाहिर-बाहिरै उम्मेदवारी घोषणा गर्नु भएको छ।”

यसअघि पोखरेलले ओलीलाई ‘अभिभावक’ भूमिकामा गएर नयाँ नेतृत्व घोषणा गरे स्वीकार गर्ने, अन्यथा प्रतिस्पर्धा हुने धारणा राख्नु भएको थियो।

तपाईको प्रतिक्रिया