नेकपा प्रदेश नं १ को भेला तथा प्रशिक्षण स्थगित

आजका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपाले जनाएको छ ।

यसअघि हिजो सरकारले ठूला सभा समारोह लगायतका कार्यक्रम नगर्न सबैमा अपील गरेको थियो । आज झापामा नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया