निर्वाचनका दिन पूर्ण यातायात बन्द गर्नु उपयुक्त होइन : कमल थापा

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा ले निर्वाचनका दिन सम्पूर्ण यातायात सेवा बन्द गर्ने निर्णय उपयुक्त नहुने बताएका छन्।

काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापाले मतदानका क्रममा अशक्त, ज्येष्ठ नागरिक तथा अन्य सर्वसाधारणलाई आवतजावतमा समस्या नपरोस् भन्ने उद्देश्यले सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाई सीमित रूपमा बस सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

उनले निर्वाचनको दिन जनतालाई सहजता प्रदान गर्ने उपायबारे सरकारको ध्यानाकर्षण गराउँदै सुरक्षित ढंगले सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख गरेका छन्। यसका लागि साझा यातायात जस्ता सार्वजनिक यातायात सेवाको उपयोग गर्न सकिने उनको सुझाव छ।

थापाले मतदान प्रक्रिया सहज र समावेशी बनाउन आवश्यक व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया