नक्कली भुटानी शरणार्थी प्रकरण : खाँण, रायमाझीलगायतको मुद्दा आज अदालतमा सुनुवाइ


काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ठहरिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत ३६ जनाको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा आजको पहिलो पेसीको रूपमा यो मुद्दा राखिएको छ।

यस प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने योजनामा संलग्न भएको आरोप लागेका छन्। अभियुक्तमध्ये पूर्वगृहसचिव टेकराज पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा प्रतीक थापा समेतका व्यक्तिहरू पनि प्रतिवादी छन्।

हाल पूर्वउपप्रधानमन्त्री रायमाझी र गृहसचिव पाण्डेसहित केही अभियुक्त हिरासतमा छन् भने अन्य केही थुनाबाहिर रहेका छन्।

तपाईको प्रतिक्रिया