धादिङ–२ मा मतगणना विवादका कारण मतगणना रोकियो

धादिङ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना अस्थायी रूपमा रोकिएको छ।

रुवीभ्याली गाउँपालिका–१, २, ३ र ४ का मतपेटिका सर्टिङ गरी गणना सुरु गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। विवादका कारण निर्वाचन प्रक्रिया रोक्नुपर्ने अवस्था आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रमुख विवाद नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिलाई सर्वदलीय बैठकमा नबोलाइएको विषयमा उठेका थिए। पार्टीका प्रतिनिधिहरूले आपत्ति जनाएपछि मतगणना स्थलमा असहमति र झगडा भएको बताइएको छ।

निर्वाचन अधिकृतले विवाद समाधानका लागि छलफल जारी रहेको र त्यसपछि मात्र मतगणना प्रक्रिया पुनः सुरु गरिने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया