धरौटी बदरको माग गर्दै रवि लामिछानेले दिए पोखरा उच्च अदालतमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पोखरा उच्च अदालतमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा आफूबाट माग गरिएको ६५ लाख धरौटी बदर गर्न माग गर्दै निवेदन दिएका छन्। कास्की अदालतले लामिछानेसँग धरौटी मागेको थियो।

सोमबार, लामिछानेले उक्त धरौटी बदर गरी साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्न पाउने माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दर्ता गरेका छन्। पोखरा उच्च अदालतका सूचना अधिकारी उप-रजिस्ट्रार निलप्रसाद पनेरूले निवेदन दर्ता भएको पुष्टि गरेका छन्।

यसअघि, जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेको थियो।

सूर्यदर्शन सहकारीको मुद्दासम्बन्धी सबै निवेदनहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ हुने उप-रजिस्ट्रार पनेरूले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया