देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं : देशका विभिन्न जिल्लाबाट अवैध लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, कञ्चनपुर, बर्दिया, कैलाली र पर्सा जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट दुई जना पक्राउ परेका छन्। त्यसैगरी चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरस्थित सब्जीमण्डी क्षेत्रबाट दुई जना, सप्तरीको तिरहुत गाउँपालिका–२ बडहराबाट दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रबाट दुई जना तथा पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकबाट थप दुई जना पक्राउ परेका छन्।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराबाट एक जना, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक जना, कञ्चनपुरको गोदावरी नगरपालिका–११ गौडीबजारबाट एक जना तथा कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट पनि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया