दीपा र हिराको स्थानमा मनमाया र सुष्मालाई मौका

काठमाडौँ: घाइते दीपा शाही र हिराकुमारी भुजेलको स्थानमा मनमाया दमाईं र सुष्मा तामाङलाई समेटेर नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले फोर नेसन्स कपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो। यस टोलीमा पहिलोपटक एपिएफ क्लबकी रक्षक मनमाया र वालिङ नगरपालिकाबाट खेल्ने मिडफिल्डर सुष्माले स्थान बनाएका छन्।

स्ट्राइकर चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमालले वाफ च्याम्पियनसिपपछि टोलीमा पुनः स्थान प्राप्त गरेका छन्। यद्यपि, उनीहरू साउथ एशियन फुटबल फेडेरेसन (साफ) महिला च्याम्पियनसिपका लागि चयनमा समावेश भएका थिएनन्। साफ प्रतियोगितामा घाइते भएका दीपा र हिराले भने यसपटक टिममा स्थान गुमाएका छन्। साथै, अमिषा कार्की पनि सेनाको सहायक सेनानीको तालिममा संलग्न हुँदा टोलीमा समावेश हुन सकेनन्।

पहिले ३० सदस्यीय प्रारम्भिक टोलीमा गोलकिपर सावित्री किसन र सुजता तामाङ बाहिर परेका छन्। महिला राष्ट्रिय लिगमा उत्कृष्ट गोलकिपर घोषित भएकी किसनलाई प्रशिक्षक राजेन्द्र तामाङले टिममा समावेश गर्न अस्वीकार गरेका छन्। त्यसको सट्टा उनले कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषा नाथलाई गोलकिपरको जिम्मेवारी दिएका छन्।

डिफेन्डरको सूचीमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया रहेका छन्। एपिएफकी राइट ब्याक प्रतीक्षा चौधरीलाई लिगमा उत्कृष्ट प्रदर्शन गरेपनि टिममा समावेश गरिएको छैन।

मिडफिल्डरको सूचीमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, रेनुका नगरकोटी, सरस्वती हमाल, विमला चौधरी र सुष्मा छन्। यसमा सजनी थोकर, सम्झना लावती, बिर्सना चौधरी, प्रतीक्षा चौधरी र ममता पुन बाहिर परेका छन्।

स्ट्राइकरका रूपमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल चयन भएका छन्।

फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत आयोजना हुने फोर नेसन्स कपमा नेपालसँगै किर्गिस्तान, म्यानमार र लेबनान सहभागी हुनेछन्।

पहिलो खेल ५ फागुनमा किर्गिस्तानसँग, दोस्रो खेल ८ फागुनमा लेबनानसँग र तेस्रो खेल ११ फागुनमा हुनेछ। प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

तपाईको प्रतिक्रिया