थ्री स्टार र ब्ल्याक बुल्स सेमिफाइनलमा भिड्ने, नेपाल पुलिससँग फाइनल यात्रा तय गर्ने होड

पोखरा – सिजनको पहिलो नकआउट खेल खेलेर पोखरा पुगेको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। यस जितले थ्री स्टारलाई २४ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुनिश्चित गराएको हो।

मजबुत मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले आजको खेलमा अझ कडा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ।

पाँचपटकको च्याम्पियन थ्री स्टार, पहिलो पटक आहा रारामा सहभागी भएको उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ। ब्ल्याक बुल्सले भारतको सिक्किम थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। यसअघि थन्डरबोल्टले आहा राराका दुई पटकको च्याम्पियन संकटा क्लबलाई ३-१ ले हराएर क्वाटरफाइनलमा प्रबेश गरेको थियो।

तर उज्वेक टोलीले थन्डरबोल्टलाई अब बढ्न दिने छैन। थ्री स्टार र ब्ल्याक बुल्स बीचको विजेताले शनिबार नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ।

छैटोपटकको च्याम्पियन पुलिस, लगातार ३ खेल जित्दै उपाधि जित्न नजिक पुगेको छ। यो पुलिसको ११ औं फाइनल यात्रा हो र ५ वर्षपछि फाइनलमा पुगेको हो।

आज थ्री स्टार जितेमा यो टोली आठौँ पटक फाइनलमा पुग्नेछ। पुलिस र थ्री स्टारले यसअघि २०७४ सालमा मात्र आहा रारामा फाइनल खेलको अनुभव गरेका छन्।

तपाईको प्रतिक्रिया