थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु


थाइल्याण्ड — प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ, थाइल्याण्ड प्रहरीले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानको क्रममा विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया