त्रिभुवन विमानस्थलमा २५ ग्राम सुनसहित एक जना यात्रु पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २५ ग्राम सुनसहित एक जना नेपाली यात्रु पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–११, राधाकृष्णटोल निवासी ४८ वर्षीय दिपक केसी हुन्।

प्रहरीका अनुसार, दिपक केसी सोमबार बिहान हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए। विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनको साथमा रहेको सुनको सिक्री फेला परेपछि नियन्त्रणमा लिइएको हो।

सुनसँगै उनको साथबाट एउटा ल्याप्टप र पाँच थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय, गौचरमा पठाइएको छ।

तपाईको प्रतिक्रिया