त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यस वर्षको स्ववियु निर्वाचन चैत १३ गते हुने भएको छ।पहिले चैत ५ गते तोकिएको स्ववियु निर्वाचन तालबन्दीका कारण स्थगित गरिएको थियो।निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार जारी गरेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने पुष्टि गरिएको छ।निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेदेखि सुरू हुनेछ।स्ववियु चुनावको मिति निर्धारण गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो।

तपाईको प्रतिक्रिया