तनहुँबाट दुई जनालाई १४ लाख रुपैयाँसहित पक्राउ, अनुसन्धान जारी

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट शनिबार दिउँसो स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गोरखाको सहिद लखन गाउँपालिका-८ का २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन्।

अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४०प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार, रकमको स्रोत खुलाउन नसकेपछि थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया