ट्रम्पका अनुसार न्यूयोर्कमा ममदानी मेयर बने भने केन्द्रीय अनुदान दिन मेरा लागि मुस्किल हुनेछ

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सहरको मेयरमा वामपन्थी उम्मेदवार जोहरान ममदानी निर्वाचित भएमा केन्द्रीय अनुदान पठाउन चुनौती हुने बताएका छन्।

एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, “राष्ट्रपति भएर पनि न्यूयोर्कमा धेरै रकम पठाउनु मेरो लागि मुस्किल हुनेछ। यदि न्यूयोर्क कम्युनिष्टको नियन्त्रणमा गयो भने त्यहाँ पठाइने पैसा बेकार हुनेछ ।

ट्रम्प प्रशासनले यसअघि पनि डेमोक्रेट्सको नियन्त्रणमा रहेका क्षेत्रका योजनाहरूमा केन्द्रीय अनुदान कम गर्ने प्रयास गरिसकेको थियो।

ओपिनियन्स पोलका अनुसार, मङ्गलबार हुने मतदानअघि नै ममदानी आफ्ना मुख्य प्रतिद्वन्द्वी, न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुओमोभन्दा अगाडि देखिएका छन्।

तर ममदानीले जित हासिल गरेपछि अनुदानसँग सम्बन्धित ट्रम्पको वक्तव्य कति र कसरी लागू हुने, वा के कस्ता कदम उठाइने भन्ने कुरा अझै स्पष्ट गरिएको छैन।

तपाईको प्रतिक्रिया