टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीको गोलीप्रहार, दुई घाइते


काठमाडौंको टोखा क्षेत्रमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दिउँसो यो कारबाही गरेको हो। घटनामा दुई जना घाइते भएका छन्।

प्रहरी प्रवक्ता एसपी जनकबहादुर शाहीको भनाइ अनुसार, ब्राउन सुगर (एक प्रकारको लागुऔषध) कारोबारीहरू माथि यो गोलीप्रहार गरिएको हो।

तपाईको प्रतिक्रिया