टाइपमा त्रुटिले ‘श्री ५ को सरकार’ भयो :खेलकुदमन्त्री चौधरी

मन्त्री चौधरीले पत्रमा भनेका छन्, “श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ को धारा-१ बमोजिमको विरोधमा रहेको देखिएकाले उक्त त्रुटि सच्याइ, नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ।”

समाजमा आलोचना भएपछि मन्त्री चौधरीको स्पष्टीकरण आवश्यक भएको थियो। सोमबार राष्ट्रिय सभामा माओवादी सांसद मायाप्रसाद शर्माले मन्त्री चौधरीसँग यस विषयमा जवाफ मागेका थिए। उनले भने, “युवा तथा खेलकुदमन्त्रीज्यूको कार्य सम्पादन अनुसार ‘श्री ५ को सरकार’ भन्नाले के पुरानो संविधानको कार्यान्वयन हुन थालेको हो? संशोधन भइसकेको भए यो के हो?”

नेपालको गणराज्य स्थापना पश्चात पनि केही नेताहरूले ‘श्री ५ को सरकार’ शब्द प्रयोग गरेका छन्। २०७७ सालको माघ महिनामा तत्कालीन खानेपानी मन्त्री मणि थापाले पनि ‘श्री ५ को सरकार’ भन्ने शब्द प्रयोग गरेका थिए, जुन पछि सामाजिक सञ्जालमा आलोचना भएपछि उनले माफी मागेका थिए।

खेलकुदमन्त्री तेजुलाल चौधरीले टाइप त्रुटिका कारण नेपाल स्काउटको नियमावलीमा ‘श्री ५ को सरकार’ शब्द प्रयोग भएको स्पष्ट पारेका छन्। सोमबार नेपाल स्काउटलाई पठाएको पत्रमा मन्त्री चौधरीले नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संशोधन २०८१) को अनुसूची ४(क) को १ र ४(ख) को ४ मा भएको टाइप त्रुटिका बारेमा जानकारी दिएका छन्। यस त्रुटिका कारण ‘नेपाल सरकार’को सट्टा ‘श्री ५ को सरकार’ लेखिएको थियो।

मन्त्री चौधरीले पत्रमा भनेका छन्, “श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ को धारा-१ बमोजिमको विरोधमा रहेको देखिएकाले उक्त त्रुटि सच्याइ, नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ।”

समाजमा आलोचना भएपछि मन्त्री चौधरीको स्पष्टीकरण आवश्यक भएको थियो। सोमबार राष्ट्रिय सभामा माओवादी सांसद मायाप्रसाद शर्माले मन्त्री चौधरीसँग यस विषयमा जवाफ मागेका थिए। उनले भने, “युवा तथा खेलकुदमन्त्रीज्यूको कार्य सम्पादन अनुसार ‘श्री ५ को सरकार’ भन्नाले के पुरानो संविधानको कार्यान्वयन हुन थालेको हो? संशोधन भइसकेको भए यो के हो?”

नेपालको गणराज्य स्थापना पश्चात पनि केही नेताहरूले ‘श्री ५ को सरकार’ शब्द प्रयोग गरेका छन्। २०७७ सालको माघ महिनामा तत्कालीन खानेपानी मन्त्री मणि थापाले पनि ‘श्री ५ को सरकार’ भन्ने शब्द प्रयोग गरेका थिए, जुन पछि सामाजिक सञ्जालमा आलोचना भएपछि उनले माफी मागेका थिए।

तपाईको प्रतिक्रिया