टप टी–२० सिरिजमा नेपालको पहिलो जित, नन्दन यादवको ५ विकेटले चम्कियो टोली

काठमाडौँ, – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले अन्ततः पहिलो जित हात पारेको छ। मंगलबार सम्पन्न चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा दुई अंक जोड्न सफल भयो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो। जवाफी रूपमा १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स १६.१ ओभरमै सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको थियो।

नेपालको जितमा बलर नन्दन यादव नायक बने। उनले केवल तीन ओभरमा १७ रन खर्चेर ५ विकेट झारे। उनको उत्कृष्ट बलिङले नै नेपाललाई सहज जित दिलाउन मद्दत गर्‍यो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आशिफ शेखले २९, कुशल भुर्तेलले २७ तथा लोकेश बमले ११ बलमा विस्फोटक २५ रनको नटआउट इनिङ्स खेले। भीम सार्कीले पनि १८ रनको योगदान दिए।
निवेथान राधाकृष्णन र राफ म्याकमिलनले दुई–दुई विकेट लिए
ब्राडली होपले ३१, चार्ली वाकिमले २८ र ज्याक पर्दाले २१ रन बनाए पनि अन्य ब्याट्सम्यान नेपालका बलरहरूसामु टिक्न सकेनन्।


नन्दन यादवले ५ विकेट लिँदा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक–एक विकेट लिए।
नेपालले यसअघि टप टी–२० सिरिजमा तीन खेलमा लगातार हार व्यहोरेको थियो। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकर्ससँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो।

यो जितसँगै नेपालले सिरिजमा दुई अंक जोडेको छ।

तपाईको प्रतिक्रिया