झुटो बलात्कारको आरोप लगाउने महिलालाई भारतमा २० वर्षको जेल सजाय

काठमाडौं — भारतको राजस्थान राज्यको अलवर जिल्लामा बलात्कारको झुटो आरोप लगाएकी एक महिलालाई अदालतले २० वर्ष कैद सजाय सुनाएको छ।

पीडितका रुपमा प्रस्तुत भएकी ती महिलाले आफ्नै भतिजा माथि बलात्कारको आरोप लगाएकी थिइन्। तर, प्रहरी अनुसन्धानमा ती महिला र भतिजाबीच पछिल्लो ६ महिनामा ८३२ पटक फोन वार्ता भएको र महिला स्वयंले उनलाई बारम्बार घरमा बोलाउने गरेको प्रमाण भेटिएको थियो।

अनुसन्धानबाट सबै आरोप झुटो ठहरिएपछि अदालतले महिलालाई पोक्सो (POSCO) ऐन अन्तर्गत दोषी ठहर गर्दै कडा सजाय सुनाएको हो।

फैसला सुनाउँदै न्यायाधीश हिमाकणी गौरले महिलाको आचरणलाई ‘लाजमर्दो’ भन्दै काकीको हैसियत आमासरह हुने जिम्मेवारीको पनि अपमान भएको टिप्पणी गरिन्।

तपाईको प्रतिक्रिया