‘जेलभित्रका संघर्ष’ पुस्तक विमोचनमा ओलीको समृद्धि र स्वाधिनताको सन्देश ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि संघर्ष गर्दा आउने उतार–चढावबाट डराउन नहुने बताउनुभएको छ। अध्यक्ष ओलीले आफ्नो पार्टीको इतिहास नै यस किसिमको संघर्षबाट भरीएको उल्लेख गर्दै, वर्तमानमा पनि साहसपूर्वक अघि बढ्न सबैलाई आग्रह गर्नुभएको हो।

उहाँले यो कुरा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तक विमोचन कार्यक्रममा व्यक्त गर्नुभएको थियो। पूर्वप्रधानमन्त्री ओलीले नेपालको सरकार नेपाली जनताको हातमा हुनु र समृद्धि हाम्रो पालामा सुनिश्चित गर्नु भन्ने अभियानमा अझै पनि पार्टी लागिरहेको स्पष्ट गर्नुभयो।

उहाँले लोकतान्त्रिक आन्दोलनको क्रममा पिस्कर काण्ड ऐतिहासिक र वीरतापूर्ण घटना भएको स्मरण गर्दै, सहिदहरूको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरता साथ अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले फरक प्रसङ्गमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायबिचको निर्णयप्रति आपत्ति व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वामनेता मेघराज पौडेललाई सम्मान गरिएको थियो भने, विमोचित पुस्तकको सम्बन्धमा समालोचक डा. देवी नेपालले टिप्पणी गर्नुभएको थियो।

सिन्धुपाल्चोकको पिस्करमा २०४० पुस ३० गते माघे संक्रान्ति मेला मनाउन गएका मानिसमाथि तत्कालीन सरकारले दमन गर्दा केही व्यक्ति सहिद भएका थिए भने दर्जनौँ घाइते भएका थिए।

तपाईको प्रतिक्रिया