जेनजी आन्दोलन प्रकरणमा बयान दिन नख्खु कारागारबाट रवि लामिछाने सिंहदरबारमा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनका घटनाबारे बयानका लागि सिंहदरबार लगिएको छ।

उच्चस्तरीय जाँचबुझ आयोगले बयानका लागि बोलाएपछि नख्खु कारागारमा रहेका लामिछानेलाई बुधबार सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याइएको ललितपुर प्रहरी परिसरले जनाएको छ। हाल आयोगमा उनको बयान प्रक्रिया जारी रहेको स्रोतले जानकारी दिएको छ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने अदालतको आदेशबिना कारागार छाडेको आरोप लागेपछि विवाद उत्पन्न भएको थियो। लामिछानेले भने कानुनी प्रक्रिया अनुसार कारागार प्रशासनबाटै रिहा भएको दाबी गर्दै एउटा पत्रसमेत सार्वजनिक गरेका थिए।

तर नख्खु कारागार प्रशासनले उक्त पत्र फर्जी रहेको बताउँदै उनीसहित बाहिरिएका सबै कैदीलाई तुरुन्त फर्कन निर्देशन दिएको थियो। त्यसपछि लामिछाने पुनः कारागार फर्किएका थिए।

तपाईको प्रतिक्रिया