जलवायु संकट नेपालले सिर्जना गरेको होइन, तर असर सबैभन्दा बढी हामीले बेहोर्दै छौं: प्रधानमन्त्री ओली

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन्। शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा जलवायु संकट तीव्र गतिमा बढ्दै गएको उल्लेख गर्दै, यसको समाधानका लागि एकीकृत अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताए।

“नेपालले जलवायु संकट सिर्जना गरेको होइन, तर यसको कठोर असर हामीजस्ता मुलुकहरूले बेहोर्नुपरेको छ,” प्रधानमन्त्री ओलीले भने। उनले स्वच्छ तथा हरित ऊर्जामा लगानी बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।

उनले सगरमाथा संवादको उद्देश्यबारे प्रस्ट पार्दै भने, “हिमालहरूलाई जोगाउनु भनेको पृथ्वी, समुद्र र सम्पूर्ण मानव जातिलाई जोगाउनु हो भन्ने सन्देश फैलाउन यो संवाद आयोजना गरिएको हो।”

तपाईको प्रतिक्रिया