जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० जना घाइते

जनकपुर : जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ।

शुक्रबार (आज) परिक्रमा यात्रु लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटनाग्रस्त हुँदा २० जना भन्दा बढी यात्री घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार घाइते यात्रुहरूलाई उपचारका लागि ६ वटा एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ। हालसम्म घाइतेहरूको संख्या पक्कै भन्न सकिएको छैन, उनले भने।

१५ दिने मिथिला मध्यको परिक्रमा समापन गरेर परिक्रमा यात्रु बसमा चढेर फर्किरहेका थिए। प्रहरी निरीक्षक यादवका अनुसार अधिकांश घाइते यात्री सिरहाका रहेका छन्।

तपाईको प्रतिक्रिया