चीनले जापानी समुद्री खानामा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । फुकुशिमा आणविक प्लान्टबाट निस्कने प्रशोधित फोहोर पानीको चिन्ताका कारण दुई वर्षअघिदेखि जापानका धेरै क्षेत्रबाट आयातमा लगाइएको चीनको समुद्री खाना प्रतिबन्ध हटाइएको छ।

चीनको सामान्य भन्सार प्रशासनले आइतबार फुकुशिमाको दूषित पानीको दीर्घकालीन अनुगमनका क्रममा गरिएको परीक्षणमा कुनै अनियमितता नदेखिएको जनाएको छ। त्यसैले चीनले सर्तसहित जापानबाट समुद्री खाना आयात पुनः सुरु गर्ने निर्णय गरेको हो।

तर, जापानका ४७ प्रिफेक्चरमध्ये १० स्थानलाई यो प्रतिबन्धबाट छूट दिइएको छ। टोकियो र फुकुशिमासहितका ती क्षेत्रहरूमा प्रतिबन्ध कायम रहने बताइएको छ।

सन् २०११ मा आएको सुनामीले जापानको उत्तर–पूर्वी क्षेत्रमा रहेको फुकुशिमा आणविक प्लान्टका तीन रिएक्टरलाई क्षतिग्रस्त पारेको थियो। यो विश्वकै चेर्नोबिल दुर्घटनापछि सबैभन्दा ठूलो आणविक प्रकोप मानिन्छ।

त्यसयता फुकुशिमा प्लान्टमा प्रशोधित फोहोर पानी जम्मा हुँदै आएको छ, जुन जापानले सन् २०२३ देखि समुद्रमा छोड्न थालेको छ।

तपाईको प्रतिक्रिया