चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरी गर्ने प्रयास,युवक फरार

This image has an empty alt attribute; its file name is Red_Panda_24986761703-1024x678.jpg

ललितपुर — ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरी गर्ने प्रयास भएको छ।

मंगलबार अपराह्न दुई जना युवकले चिडियाखानामा रहेको रेडपाण्डालाई झोलामा हालेर लैजाने प्रयास गरेका जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। चोरीको प्रयासका क्रममा उनीहरूलाई देखिएपछि रेडपाण्डा त्यहीँ छाडेर फरार भएको अधिकारीले बताए।

“दुई जना युवकले रेडपाण्डालाई झोलामा हालेर लैजान खोजेका थिए। तर त्यस्तो गतिविधि देखिएपछि उनीहरूले रेडपाण्डा छाडेर भागे,” एसएसपी अधिकारीले भने।

चिडियाखानाका एक प्रतिनिधि र प्रहरीले घटनाको अनुसन्धान अघि बढाएका छन्।

फरार रहेका ती युवकहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया