चिकित्सा शिक्षा आयोगद्वारा संख्यावृद्धिसहित सिट निर्धारण

काठमाडौं — चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि विभिन्न तहका चिकित्सा शिक्षा कार्यक्रमहरू तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत प्रमाणपत्र तह (PCL) का पाठ्यक्रमका लागि सिट संख्यामा वृद्धि गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औं बैठकले आयोगको सिट निर्धारण समितिको सिफारिसका आधारमा सो निर्णय गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

यसअघि असार ३२ गते सम्पन्न २०औं बैठकले प्रमाणपत्र तहका कार्यक्रमहरूको सिट निर्धारण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

नयाँ निर्णयअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न तहमा अध्ययनका लागि विद्यार्थी भर्ना सिट संख्या केही हदसम्म बढाइने भएको छ। सो निर्णयले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया