घुस रकमसहित पोखरा महानगरका कर्मचारी पक्राउ

पोखरा — पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियारले बिहीबार दिउँसो न्युरोडमा गिरीलाई पक्राउ गरेको हो। गिरी पोखरा महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए र उनीबाट अख्तियारले २५ हजार रुपैयाँ घुस रकम बरामद गरेको छ।

तपाईको प्रतिक्रिया