‘घण्टी बजाउँदैमा हुँदैन’— कानुनी आधारमा अघि बढ्न बास्कोटाको आग्रह

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारलाई विधिको शासन र कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो सुझाव दिएका हुन्।

बास्कोटाले संकेतात्मक रूपमा केही राजनीतिक पक्ष र नेतृत्वप्रति टिप्पणी गर्दै कानुन, मानवअधिकार तथा सामाजिक मूल्य–मान्यताको सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले आफ्नो अभिव्यक्तिमा, अरूलाई लक्षित गरेर कदम चाल्दा त्यसको असर आफैंमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउनुपर्ने सन्देश दिएका छन्। साथै, बालबालिका, ज्येष्ठ नागरिक र महिलाप्रति देखाउनुपर्ने नेपाली सामाजिक संस्कारलाई समेत ध्यान दिनुपर्ने बताएका छन्।

उनले थप्दै कुनै पनि विषयमा छानबिन गर्दा पूर्वाग्रहभन्दा माथि उठेर तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया