गुल्मीमा पहिरो:१२ को मृत्यु,करिब आधा दर्जन मानिस वेपत्ता

गुल्मीमा पहिरोमा घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने करिब ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर करिब आधा दर्जन मानिस वेपत्ता भएका हुन् ।
उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ । पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु रहनु भएको प्रजिअ खनालले बताउनु भयो ।
सोही गाउँपालिकाका वडा नम्बर चार लिंघाका ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विकको पनि पहिरोले पुरेर मृत्यु भएको बताइएको छ त्यस्तै ३२ बर्षिय मन्जु बिकको ज्यान गएको छ ।  । मृत्यु भएको बाँकीको सनाखत हुन बाँकी रहेको छ । सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी पर रहेको छ । गुल्मीमा बेलुकीदेखि निरन्तर रुपमा पानी परिरहेको छ । रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ । गुल्मिका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेको नेतृत्वमा घटना स्थलमा पुगेर उद्धार कार्यमा जुटेको जनाइएको छ ।

त्यु भएको छ 

news from http://radioresunga.com.np/


तपाईको प्रतिक्रिया