गाजामा युद्ध अन्त्यको सम्भावना : हमाससँग सम्झौता गर्न इजरायल तयार

जेरुसेलम, जेठ ४ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्न हमाससँग सम्भावित सम्झौताको संकेत दिनुभएको छ।
प्रधानमन्त्री कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायल वार्ता गर्न तयार रहेको उल्लेख गरेको हो।

“यस क्षणमा पनि दोहा वार्ता टोलीले बन्धक मुक्ति र युद्ध अन्त्यसँग सम्बन्धित सम्भावनाहरूको खोजी गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।
वार्ता ‘विटकोफ फ्रेमवर्क’ अनुसार वा युद्ध अन्त्यको सन्दर्भमा अघि बढ्नेछ भन्ने स्पष्ट गरिएको छ।

सम्झौताको सर्त : बन्धक रिहाई, गाजाको निःशस्त्रीकरण

इजरायली पक्षले प्रस्तुत गरेका प्रस्तावमा निम्न बुँदाहरू समावेश हुने जनाइएको छ:

  • सबै इजरायली बन्धकहरूको सुरक्षित रिहाई
  • हमाससँग आवद्ध लडाकुहरूकोb निर्वासन
  • गाजा क्षेत्रमा पूर्ण निःशस्त्रीकरण

सम्भावित सम्झौता वार्ता अहिले पनि कतारको दोहामा जारी छ, जहाँ विभिन्न पक्षहरूको मध्यस्थतामा संवाद अघि बढिरहेको छ।

तपाईको प्रतिक्रिया