गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलको राजीनामा

काठमाडौं, बैशाख २९ – विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्य पदबाट राजीनामा दिएका छन्। उनले आजै समितिका संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पत्र बुझाएका हुन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार नेपाली कांग्रेसले उनलाई गभर्नरको लागि सिफारिस गर्न प्रस्ताव गरेपछि उनले सिफारिस समितिबाट अलग हुने निर्णय गरेका हुन्। राजीनामा स्वीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया