गभर्नर नियुक्तिमा व्यक्तिगत स्वार्थ होइन, योग्यताको आधार: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्य र क्षमतावान व्यक्तिको नियुक्ति हुने स्पष्ट पारेका छन्। उनले नियुक्ति प्रक्रियामा व्यक्तिगत रुचिभन्दा बढी मेरिटोक्रेसी (योग्यता) लाई प्राथमिकता दिने बताए।

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीको आधारमा योग्य व्यक्ति ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशको हितमा हुन्छ। मेरो मान्छे भन्नु आवश्यक छैन।”

प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भएका नियुक्ति पनि सिफारिस समितिको सुझावअनुसार गरिएको बताए।

“एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको हुँ, तर अरु पदाधिकारीहरूसँग मेरो व्यक्तिगत चिनजान छैन,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया