गगन थापाले कांग्रेसलाई एमालेबाट सिक्न सुझाए

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले सबैभन्दा चुनौतीपूर्ण समयमा पनि महाधिवेशन सम्पन्न गरेर आफूलाई प्रमाणित गरेको भन्दै कांग्रेसले पनि त्यहाँबाट सिक्नुपर्ने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसजत्तिकै ठूलो संगठन भएको एमालेले व्यवस्थित ढंगले महाधिवेशन सम्पन्न गरेकाले कांग्रेसले महाधिवेशन नगरी जनतामा पुग्न सक्ने अवस्था नरहेको बताए।

थापाले तोकिएको मितिमा महाधिवेशन नहुँदा विशेष महाधिवेशन गर्ने सम्भावना पनि प्रष्ट पारे। उनले महाधिवेशन गर्न कुनै मूल्य चुकाउन तयार रहेको र महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै भने कि, “महाधिवेशन गराएरै छाड्नेछु।”

महामन्त्री थापाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने र पहिलो चरणमै जित्ने गरी देशव्यापी अभियानमा लाग्ने योजना रहेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया