खो खो विश्वकपमा नेपालका महिला र पुरुष दुवै टोली उपाधि नजिक

भारतमा भइरहेको खो खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोली उपाधि नजिक पुगेका छन्। दुवै टोलीले फाइनल यात्रा तय गर्दा इतिहास रचिहएको छ।

शनिबार भएको महिलातर्फको सेमिफाइनलमा नेपालले युगान्डलाई ८९-१८ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

अब उपाधिका लागि नेपाली महिला टोलीले भोलि आयोजक भारतसँग साँझ सवा ७ बजे खेल्नेछ। 

भारतीय महिला टोलीले आजै भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गर्‍यो। 

यता नेपाली पुरुष टोलीले इरानलाई पराजित गर्दै फाइनलमा स्थान बनायो।

नेपालले इरानमाथि ७२-२० को सहज जित हात पारेको हो।

अब उपाधिका लागि पुरुष टोलीले पनि आइतबार नै प्रतिस्पर्धा गर्नेछ। आइतबार राति ८:३० बजे हुने फाइनलमा नेपालले भारत वा दक्षिण अफ्रिकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया